जनकपुर । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी हिजो (शुक्रबार) यहाँ आइपुगेका थिए । जानकी मन्दिरमा पूर्व राजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।
पूजा पाठपछि उनी यात्री निवास गएका थिए । हिजाे शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । पूर्व राजासँग पूर्व महारानी कोमल शाह र छोरी पनि सँगै छन् ।
प्रतिक्रिया