गठबन्धनकाे बैठक निष्कर्षविहीन, प्रधानमन्त्रीको टुङ्गो आइतबार लगाइने

गठबन्धनकाे बैठक निष्कर्षविहीन, प्रधानमन्त्रीको टुङ्गो आइतबार लगाइने


ग्लोब नेपाल
2.1k
Shares

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्ष बिना नै सकिएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुङ्गो लगाउने बताए।