काँग्रेस शीर्ष नेताहरू छलफलमा

काँग्रेस शीर्ष नेताहरू छलफलमा

के आउला निष्कर्ष ?


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली काँग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन काँग्रेस शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा सुरु हुने बैठकमा सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा काँग्रेसको अडानबारे छलफल हुने एक नेताले जानकारी दिए । सरकारको पहिलो चरणको नेतृत्व काँग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत हुन सकेको छैन ।