नवनियुक्त प्रधानमन्त्री दाहाललाई शपथ नखाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

नवनियुक्त प्रधानमन्त्री दाहाललाई शपथ नखाई भारतीय प्रधानमन्त्री मोदीको बधाई


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई दिएका हुन् ।

मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले लेख्छन, “सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई । भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।”