एनआरएनए उपाध्यक्ष आरके शर्मालाई मातृशोक

एनआरएनए उपाध्यक्ष आरके शर्मालाई मातृशोक


ग्लोब नेपाल
243
Shares

चितवन । गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका उपाध्यक्ष एबं पिजन ग्रुप कतारका सीईओ राजेन्द्र कुमार शर्मा(आरके) लाई मातृशोक परेको छ । भरतपुर महानगरपालिका वडा नं. १६ फुर्तिचोकमा बस्दै आएका शर्माका माता कुन्ताकुमारी शर्मा केही दिनदेखि उपचारको क्रममा चितवन मेडिकल कलेजमा उपचाररत रहनुभएको थियो ।

बाग्लुङ सुखैरा ८ बाट बसाईं सराई गर्दै चितवनमा स्थायी बसोवास गर्दै आएका शर्मा परिवारको माता कुन्ता कुमारी शर्मा ८३ बर्षको हुनुहुन्थ्यो । चितवनमा बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध स्व. कुन्ता कुमारी शर्मा सोहि टोलको सकृय टोल विकास सँस्था,सकृय आमा समूहको संरक्षक समेत रहनुभएको थियो ।

एनआरएनएका केन्द्रिय उपाध्यक्ष आरके शर्मा,एनआरएनए कतारका सल्लाहकार युवराज शर्मा, विमल शर्मा, कुलराज शर्मा, लिलाराम शर्मा, छोरीहरु कालिका भट्टराई, रिमकली पौडेल र रेणुका खरेल गरी स्व. शर्माको ८ सन्तान रहेका छन ।

दिवंगत शर्मा ब्रम्हलीन हुनुअघि शिवघाटमा नै आफ्नो देह अन्त्येस्टी गराईदिनु भन्ने इच्छानुसार उहाँको पार्थिव शरीरलाई आज विहान ९ बजे भरतपुर महानगरपालिका शिवघाट स्थित पवित्र घाटमा देह अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।