काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा भोली सम्ममा निर्णय गर्ने भएको छ । आजबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा भोली सम्ममा औपचारिक निर्णय गर्ने भएको हो ।
अहिलेसम्म सरकारको बारेमा पार्टीको नीति पर्ख र हेर भएको अध्यक्ष माधवकुमार नेपालले बैठकमा बताएका छन् । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्केपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका दलहरूको नयाँ गठबन्धन निर्माण भएको छ । गठबन्धन निर्माण गर्ने निर्णयमा आफूलाई संलग्न नगराएको भन्दै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट रहँदै आएका थिए । बैठकमा एमालेसँग एकता हुने विषयमा छलफल नभएको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया