नेकपा (एस) को पोलिटव्यूरो बैठक भोलि

नेकपा (एस) को पोलिटव्यूरो बैठक भोलि


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए ।

‘भोलि पोलिट्ब्यूरो बैठक आयोजना गरेका छौँ । के सुझाव दिन्छ त्यसपछि मात्र यावत विषयमा हाम्रो धारणा बाहिर ल्याउनेछौँ’ उनले भने । स्थायी कमिटी बैठकमा नेताहरुले कसैले सरकारको बारेमा कसैले पार्टी निर्माणको बारेमा, कसैले विगतको गठबन्धनको बारेमा कसैले अहिलेको गठबन्धनको बारेमा धारणा राखेका खतिवडाले बताए ।

मुख्य रूपमा पार्टी निर्माण सुदृढीकरण र विस्तारका विषयमा गहनतम छलफल गरेको उनको भनाइ छ ।