काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्व सङ्कलन बढाउने कार्ययोजना तयार गरी काम गर्न निर्देशन दिएका छन् । राजस्व सङ्कलनको वर्तमान अवस्थाका बारेमा राजस्व विभाग र भन्सार विभाग अन्तर्गत कार्यालयका प्रमुखहरूसँगको छलफलका क्रममा उनले राजश्वको लक्ष्य र सङ्कलनको अन्तर ठूलो रहेकाले प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धता खोजिएको बताए ।
लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न पौडेलले निर्देशन दिए । पौडेलले मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने समेत बताए । कर कानुनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन र निर्दोषलाई त्रसित नपार्नेगरी कार्य गर्न समेत उनले निर्देशन दिएका हुन् ।
प्रतिक्रिया