प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली, यस्तो भयो छलफल

प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली, यस्तो भयो छलफल


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बालुवाटारमा आज अपराह्न प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सत्ता साझेदार दलले एमाले अध्यक्ष ओलीलाई संयोजक समेत बनाएका थिए। सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम पनि ल्याउने तयारी गरेको छ।