काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने बताएका छन् । ‘राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाइने भन्ने हल्ला निराधार हो,’ अध्यक्ष लिङ्देनले ट्विटमा भनेका छन- ‘मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।’सत्ता साझेदार दलको बुधबार बसेको बैठकले मन्त्रालय नफुटाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया