काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको हो ।
संवैधानिक इजलासले छिटो निरूपण गर्नुपर्ने विवाद भएकाले माघ ११ गतेलाई पूर्ण सुनुवाइको पेशी तोक्न आदेश गरेको हो । माघ ११ गतेसम्म रिट निवेदक र विपक्षी सबैले बहस नोट पनि पेश गरिसक्नुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ । आज अन्तरिम आदेश नदिए पनि आउँदा दिनमा सुनुवाइको पेशी तोक्दा अग्राधिकार अर्थात् प्राथमिकता दिनु भनिएकाे छ । साथै इजलाशले लामिछानेका नागरिकता र राहदानीसम्बन्धी कागजातहरू समेत सात दिनभित्र मगाएको छ ।
यो आदेशसँगै तत्कालका लागि लामिछानेको मन्त्री र सांसद पद भने अहिलेका लागि यथावत् रहने भएको छ ।
लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत: रद्द भएको तर उनले पुरानै नागरिकताले राहदानी बनाएको, नयाँ पार्टी दर्ता गरेको र चुनाव लडेको भन्दै मुद्दा परेको थियो ।
कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यस्ताे छ सर्वोच्च अदालतकाे आदेश :




प्रतिक्रिया