काठमाडौं । कमला–कञ्चनपुर सडक आयोजनामा चिनियाँ निर्माण कम्पनीले तीब्र रुपमा काम अगाडि बढाएको छ । यो जनवरीमा मात्रै २५ प्रतिशत लक्ष्य भेट्ने गरी निर्माण कार्यलाई तीब्रता दिएको निर्माण कम्पनीले दाबी गरेको छ । तर, कामको रफ्तारसँगै प्राविधिक सुपरिवेक्षण गर्ने कन्सल्टेन्टले जनशक्ति परिचालन गर्न नसक्दा कामको प्रगति घट्न सक्ने आशंका गरिएको छ ।
निर्माण सुरक्षा विज्ञहरुले तोकिएको काम नगर्दा निर्माण कार्यले रप्तार लिए पनि नेपाली श्रमिकले सुरक्षा सामाग्री पाउनबाट बन्चित छन् । यति मात्र होइन, निर्माण कार्य भइरहेको स्थलको दायाँबायाँका विद्युतीय पोल हट्न सकेका छैनन् । झन्डै २५ किलोमिटरको क्षेत्रमा विद्युतीय पोल हट्न सकेका छैनन् ।
प्राविधिक सुपरीवेक्षण गर्ने कन्सल्टेन्टका इन्जिनियरहरुको सुस्ताका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको हो । कन्सल्टेन्ट अफिसमा विगत ६ महिनादेखि म्याट्रियल, रेसिडेन्स इन्जिनियर र सिनियर ल्याब टेक्निसियन छैनन । उनीहरुको अभावमा निर्माण कार्यमा तीब्रता दिन कठिनाइ भइरहेको आयाेजनाका एक साइट इन्जिनियरले बताए ।












प्रतिक्रिया