काठमाडौं । नेपाली टोली पब्जी मोबाइल विश्वकप च्याम्पियनसिपमा उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डिआरएस टोली टर्कीको एसटुजीसँग पराजित भएको हो । फाइनल चरणमा एसटुजीले सर्वाधिक एक सय ९० अंक जोड्दै उपाधि हात पार्यो । नेपाली टोली डिआरएसले एक सय ५८ अंक हात पार्दै उपविजेता ट्रफी उचाल्यो ।
उपविजेता डिआरएसले तीन करोड ८६ लाख २९ हजार रुपैयाँ (२ लाख ९२ हजार डलर) पुरस्कार पाएको छ । फाइनल पुगेको नेपालकै अर्को टिम भने १३औँ स्थानमा आएको छ । यस टोलीले एक करोड ७५ लाख २८ हजार रुपैयाँ (एक लाख ३२ हजार पाँच सय डलर)पुरस्कार पाएको छ ।
यसअघि डिआरएसले गत महिना च्याम्पियनसिपको फाइनल चरणका लागि स्थान बनाएको थियो । डिआरएसको टोलीमा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन् । टिमका सिइओ भिक्टर पौडेल हुन् । ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो ।
प्रतिक्रिया