बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज सपथ लिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज सपथ लिने


ग्लोब नेपाल
135
Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन । सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मङ्गलवार बिहान ९:३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउन लागेका हुन्।

शपथ लिएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन्। उनले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सरकारमा लैजान लागेका हुन्। थपलियाले अर्थ मन्त्रालय सम्हाल्न छन् भने थापाको मन्त्रालय अझै टुङ्गिएको छैन। जम्कट्टेलले आफूलाई समर्थन गरेका दलहरूसँगको छलफलपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने जनाएका छन्।