हत्तारिदै ओलीलाई भेट्न बालकोट किन पुगे दाहाल ?

हत्तारिदै ओलीलाई भेट्न बालकोट किन पुगे दाहाल ?


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । आज पृथ्वी जयन्तीका दिन आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेर फर्किएलगत्तै हतार–हतार दाहाल बालकोट पुगेका हुन् ।

उनी एमालेका अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न बालकोट पुगेको स्रोतले बताएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको बुझिएको छ । ढिलोमा शुक्रबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बताइएको छ ।

आज सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ती भइसकेका छन् । मुख्यमन्त्री नियुक्ती भइसकेपछिको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ । केन्द्रको सहमति उल्ट्याउँदै कतिपय प्रदेशहरूमा माओवादी र एमालेबीच आलोपालो गर्ने सहमति भएको छ । त्यस्तै प्रदेशका सभामुख, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा सत्ता गठबन्धनमा सहमति जुटाउने प्रयास भइरहेको छ ।