स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने

स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २२ प्रतिशतले हुने रकम ११ करोड ३१ लाख १ हजार ८०७ रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै, उक्त सेयरमा लाग्ने कर प्रयोजनका लागि १.१५७ प्रतिशतले हुने रकम ५९ लाख ५२ हजार ७२७ रुपैयाँ नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्ताव गरीएको उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरलाई वितरण गरिने कम्पनीले जानाएको छ ।