छिमेक लघुवित्तको लाभांश वितरण गर्ने घोषणा

छिमेक लघुवित्तको लाभांश वितरण गर्ने घोषणा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद गरी कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्ताव गरिएको उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरलाई वितरण गरिने कम्पनीले जनाएको छ ।