कांग्रेसले सभामुख र उपसभामुख चयनका बिषयमा अन्य दलहरुसँग छलफल गर्ने

कांग्रेसले सभामुख र उपसभामुख चयनका बिषयमा अन्य दलहरुसँग छलफल गर्ने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा अन्य दलहरुसँग छलफल गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसंग छलफल चलाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

दलहरुसँग छलफल गरेर मात्रै सभामुख र उपसभामुखमा उम्मेद्वारीका बिषयमा पार्टीले निर्णय लिने उनले बताए । राष्ट्रपति चयनका बिषयमा भने पार्टीभित्र अहिलेसम्म छलफल नभएको पाण्डेको भनाइ छ ।

पदाधिकारी बैठकमा स्ववियु निर्वाचन आइरहेको बेला नेविसंघ लगाएतका भातृसंगठनलाई पनि पूर्णता दिने बिषयमा छलफल भएको सहमहामन्त्री पाण्डेले जानकारी दिए ।