काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेका हुन् ।
दुई नेताबीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको उनीहरू निकट स्रोतहरूले बताएका छन् । सत्तारुढ दलहरूबिच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् । यद्यपि सबै सत्ता साझेदार दलहरूबिच सहमति नहुँदा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । शनिबार दिउँसो सम्पादकहरूसँगको कुराकानीमा प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा ओली र आफू सहमति नजिक रहेको बताएका थिए ।


प्रतिक्रिया