काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिन विदेश सचिव क्वात्रा नेपाल आउन लागेको स्रोतले जनाएको छ ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार सम्पादकहरुसँगको छलफलमा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुन सक्ने बताएका थिए ।
नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार सचिव क्वात्रा जनवरीको अन्तिम साता नेपाल आउने तयारीमा छन् । नेपालमा प्रधानमन्त्री दाहालसँग भेटेर भारत भ्रमणको निमन्त्रणा दिनुको साथै परराष्ट्र सचिवसँग दुई पक्षीय छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री दाहाल फेब्रुअरी दोस्रो सातासम्म भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ । सचिव क्वात्रा यसअघि नेपालकै राजदूत थियो ।


प्रतिक्रिया