देउवा पत्नी आरजु नयाँ दिल्लीमा

देउवा पत्नी आरजु नयाँ दिल्लीमा


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा भारत गएकी छन् । काँग्रेस केन्द्रीय समिति सदस्यसमेत रहेकी राणा आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । राणा स्वास्थ्य परीक्षणका लागि दिल्ली भएको बताइएकाे छ । यसअघि राणा असोज २६ गते पनि स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली गएकी थिइन् ।

गत पुस २० गते काँग्रेस नेता विमलेन्द्र निधि पनि दिल्ली गएका थिए । चार दिने भारत भ्रमणका क्रममा निधिले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला लगायतसँग भेटवार्ता भएको थियो । काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनुका पछाडि निधिको भारत भ्रमणलाई पनि हेरिएको थियो ।

काँग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि भएको राणाको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।