भारतीय रेल्वे र जर्मनी सिमोन्स कम्पनीबीच अहिलेसम्मकै ठूलो ठेक्का सम्झौता

भारतीय रेल्वे र जर्मनी सिमोन्स कम्पनीबीच अहिलेसम्मकै ठूलो ठेक्का सम्झौता


ग्लोब नेपाल
1.1k
Shares

नयाँ दिल्ली । भारतीय रेल्वे र जर्मनी इन्जिनियरिङ कम्पनी सिमोन्सबीच अहिलेसम्मकै ठूलो ठेक्का सम्झौता भएको छ । सिमेन्सले भनेको छ– भारतीय रेल्वेले उसँग तीन अर्ब युरो अर्थात् करिब २ हजार ६ सय ५२ करोड भारुको ठेक्का सम्झौता गरेको छ । यो सम्झौताअनुसार कम्पनीले १ हजार २ सय विद्युतीय रेल इन्जिन बनाउनु पर्नेछ । यी इन्जिनहरू आगामी ११ वर्षभित्र उपलब्ध गराउनुपर्ने छ ।

सिमेन्सको रेल्वे डिभिजनले भनेको छ– ‘यो सम्झौता आफ्नो इतिहासमा सबैभन्दा ठूलो हो। ३५ वर्षसम्म इन्जिनको मर्मत सम्भार गर्नुपर्ने ठेक्का सम्झौतामा समावेश छ । सिमेन्सद्वारा आपूर्ति गरिएको इन्जिनहरू माल ढुवानीका लागि प्रयोग गरिनेछ। यी ९ हजार हर्ष पावरको यो इन्जिनले करिब १२० किलोमिटर प्रतिघण्टाको गतिमा ४ हजार ५ सय मेट्रिक टन कार्गो ओसारपसार गर्न सक्नेछन् ।

भारतमै उत्पादन हुनेछ
सिमन्सका अनुसार उत्पादनको अधिकांश काम भारतमा रहेको उनको कारखानामा हुनेछ । धेरै जसो एसेम्बली सिमेन्सको गुजरातस्थित प्लान्टमा हुनेछ र यसमा भारतीय रेलवेले पनि सहयोग गर्नेछ। यसबाहेक इन्जिन मर्मतमा पनि दुवै पक्षले मिलेर काम गर्नेछन् ।

सिमेन्सको गुजरातको दाहोदमा कारखाना छ जहाँ यी इन्जिनहरू निर्माण हुनेछन्। मर्मत कार्य भारतीय रेलवेका चार डिपोहरूमा गरिनेछ जुन विशाखापट्टनम, रायपुर, खड़गपुर र पुणेमा अवस्थित छन्।

सिमेन्स, संसारको सबैभन्दा ठूलो इन्जिनियरिङ् कम्पनीहरू मध्ये एक हो । उसले भनेको छ भारतमा संसारको सबैभन्दा ठूलो र सबैभन्दा छिटो बढिरहेको रेल नेटवर्कहरू मध्ये एक हो । कम्पनीका सीईओ रोलान्ड बुशले भने– ‘भारत आफ्नो भाडा क्षमता दोब्बर गर्न चाहन्छ। हामी विश्वको सबैभन्दा ठूलो विद्युतीय रेल नेटवर्क भएको देशलाई आफ्नो महत्वाकांक्षी लक्ष्य हासिल गर्न मद्दत गर्नेछौं।’

बुशले आफूले बनाएका इन्जिनहरूले आफ्नो जीवनकालमा ८० करोड टन कार्बन उत्सर्जन बचाउने र भारतले विश्वको सबैभन्दा ठूलो हरित रेल नेटवर्क निर्माण गर्नेछ ।

महत्वपूर्ण उपलब्धि
सिमेन्स इन्डियाका प्रबन्ध निर्देशक सुनिल माथुरले भने, ‘९००० हर्षपावरको विद्युतीय इन्जिन भारतीय रेलवेको विद्युतीकरणमा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो । हामी यसलाई सिमेन्स मोबिलिटीको अत्याधुनिक प्रविधिको सहयोगमा भारतमा निर्माण गर्न पाउँदा गर्व गर्छौं।’

सिमन्सले विगतमा पनि यसभन्दा बढी मूल्यको सम्झौताहरू जितेका छन्, तर तिनीहरू रेलहरूको लागि मात्र थिएनन्। हालै इजिप्टसँग आठ अर्ब डलरको सम्झौता भएको थियो, जसअन्तर्गत इजिप्टले देशमा विद्युतीय रेलको पूर्ण सञ्जाल खडा गर्ने र विभिन्न किसिमका इन्जिन आपूर्ति गर्ने भएको छ ।

भारतसँग विश्वको सबैभन्दा ठूलो रेल नेटवर्क छ। यसमा २२ हजारभन्दा बढी रेलहरू छन् जसमा दैनिक २ देखि ४ करोड मानिस यात्रा गर्छन्। भारतीय रेलवे सबैभन्दा ठूलो मालवाहक नेटवर्क पनि हो जसलाई सरकारले अझै बढाउन चाहन्छ। केन्द्रीय सरकारले माल ढुवानीमा रेल्वेको हिस्सा हालको २७ प्रतिशतबाट बढाएर ४० देखि ४५ प्रतिशतमा पु-याउने योजना बनाएको छ ।