काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपाल र यादवले धुम्वाराहीस्थित देउवा निवासमै पुगेर देउवासँग भेटवार्ता गरेका हुन् । उनीहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्नु भएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया