कांग्रेस संसदीय दलको कार्यालयमा माधव नेपाल र महन्थ ठाकुर

कांग्रेस संसदीय दलको कार्यालयमा माधव नेपाल र महन्थ ठाकुर


ग्लोब नेपाल
2.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पुगेका छन् । संसद सचिवालयले आज सभामुखको मनोनय दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यिनै विषयमा छलफल गर्न नेताद्वय नेपाल र ठाकुर कांग्रेस संसदीय दलको कार्यालयमा पुगेको बताइएको छ ।

कांग्रेसले ईश्वर न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । सत्ता बाहिर रहेका नेकपा (एस) र लोसपाले उम्मेदवार कुनै उम्मेदवार उठाएका छैनन् । सभामुखको निर्वाचन भोलि बिहीबार हुँदैन ।