उपसभामुख पदमा मुक्ता यादवलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय

उपसभामुख पदमा मुक्ता यादवलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली काँग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीसहित प्रभावशाली नेताहरूको बैठकले सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् । काँग्रेसले सभामुख पदमा पनि महिला उम्मेदवार बनाएको थियो । पार्टीबाट ईश्वरीदेवी न्यौपाने उम्मेदवार बनेकी थिइन् । बिहीबार भएको सभामुखको चुनावमा उनले काँग्रेससहित नेकपा (एस) र लोसपाको भोट पाएकी थिइन् ।