सुदूरपश्चिममा ५.९ म्याग्निच्युडको भूकम्प, बाजुरामा घर भत्कियो

सुदूरपश्चिममा ५.९ म्याग्निच्युडको भूकम्प, बाजुरामा घर भत्कियो


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बैतडी, दार्चुला लगायत कैलाली, कञ्चनपुरसम्मै आज अपराह्न करिब पाैने ३ बजे मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्रविन्दू बाजुराको मेला भन्ने ठाउँ र भूकम्प गएको र ५.९ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक जानकारी आएको छ । त्यसको कम्पन सुदूरपश्चिमसहित कर्णालीका केही जिल्लामा समेत महसुस गरिएको हो ।

बाजुराको बडिमालिका नगरपालिका-७ मा दुई घर पूर्णरुपमा भत्केको प्रहरीले जानकारी दिएको छ । मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।