राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले, कांग्रेस र उन्मुक्तिले दिए उम्मेदवारी

राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले, कांग्रेस र उन्मुक्तिले दिए उम्मेदवारी


ग्लोब नेपाल
81
Shares

दाङ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत एमाले, कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र उन्मुक्तिका राजेन्द्रबीर रायको उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धनका तर्फबाट दशौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले छुट्टै उम्मेदवारी दिएको छ । उम्मेदवारी दर्ता गराउन उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि घोराहीस्थित निर्वाचन कार्यालय पुगेकी थिइन् ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

माघ १२ गते १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने र माघ १३ गते १० बजेदेखि १४ गते ३ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी ४ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

माघ १५ गते १० देखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ गते १० देखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । माघ २५ गते १० देखि ३ बजेसम्म घोराहीमा मतदान गर्ने कार्यतालिका रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।