माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज स्थायी कमिटी बैठक बोलाइएको हो । समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताएका छन् ।

पार्टी सङ्गठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे माओवादीसँग सहमति भइसकेको छ । यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ । आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।