राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

एमालेलाई धोका दिएको भन्न मिल्दैन


ग्लोब नेपाल
243
Shares

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमित खोज्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

महराले राष्ट्रिय सहमति खोज्दा सबैको हुने भएकाले एमालेलाई धोका दिएको भन्न नमिल्ने बताए । राष्ट्रिय सहमतिमा एमालेसहितको सहमति हुने उनकाे भनाइ छ ।

उनले भने- ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा आवाज आएको छ। बैठकमा सहभागी अधिकांश नेताहरुले राष्ट्रपतिका लागि साझा व्यक्ति आवश्यक पर्ने बताउनु भएको छ, राष्ट्रिय सहमतिको दिशामा हामी जान्छौँ । सहमति खोज्ने नीति छ । राष्ट्रिय सहमति हुन्छ कि हुँदैन त्यो अहिले भन्न सकिँदैन । तर त्यो भनेको एमालेसहितको राष्ट्रिय सहमति हो’, उनले थपे, ‘हामीले राष्ट्रिय सहमति खोजेर एमालेलाई धोका दिएको होइन ।’

उनले राष्ट्रपतिको निर्वाचन २५ देखि २८ माघको बीचमा हुने बताएका छन् ।