सप्तरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीति गोलचक्करमा फसेको बताएका छन् । सप्तरीको राजविराजमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले गोलचक्करबाट देश कसरी निस्कने त्यो चिन्ताको विषय भएको बताए ।
उनले नेतृत्व सत्ता कब्जाको सोचले ग्रसित रहेको समेत दाबी गरे । वर्तमान सरकार आएपछि अहिले तमासाहरु भइरहेको नेपालको आरोप छ । एमालेले राष्ट्रपति पाए उसलाई कसैले छुन नसक्ने बताएका छन् । आफ्नो पार्टी एकीकृत समाजवादीसँग वार्ता गरेकै कारण जसपालाई सरकारमा मौका नदिएको कुरा सुनेको बताए ।
नेता नेपालले कांग्रेसलाई पार्टी नै नभएको आरोप लगाए । राष्ट्रपतिको निर्वाचन आउन समय बाँकी रहेकाले अहिले नै उम्मेदवारका विषयमा छलफल नभएको उनले बताए । कांग्रेस वा गैर कांग्रेस को राष्ट्रपति हुने छलफलको विषय भएको बताउँदै उनले भने, ‘सबै पद कांग्रेसलाई नै चाहिन्छ भन्ने छैन, राष्ट्रपति पनि चाहिने, प्रधानमन्त्री पनि चाहिने तर अरुको कुरा नगर्ने भएपछि त बिग्रिन्छ नि कुरा ।’
माओवादी र जसपासितको पार्टी एकताबारे सोधिएको प्रश्नमा उनले वार्ता र छलफल चलिरहेको बताएका छन् ।


प्रतिक्रिया