नयाँ दिल्ली । घरेलु टोली भारतले न्युजिल्याण्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा रोमान्चक जित हात पारेको छ । लखनउमा भएको दोस्रो टी-ट्वान्टी खेलमा ६ विकेटको जित हात पारेको घरेलु टोलीले तीन खेलको टी-ट्वान्टी सिरिजमा १/१ को बराबरी गरेको छ ।
१ सय रनको लक्ष्य भारत १ बल मात्र बाकी रहॅंदा पूरा गर्यो । न्युजिल्याण्ड दिएको १ सय रनको लक्ष्य घरेलु टोलीले १९।५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि सूर्यकुमार यादवले अविजित २६ रन बनाउँदा इशान किसनले १९ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले अविजित १५ रन बनाउँदा राहुल त्रिपाटीले १३ रन बनाए ।
शुभमन गिलले ११ रन बनाउँदा वासिङ्टन सुन्दरले १० रन बनाए । पाहुना टोलीका लागि माईकल ब्राकवेल र ईस सोधीले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो । पाहुना टोलीका लागि कप्तान मिचेल स्यान्टेनरले अविजित १९ रन बनाउँदा मार्क च्याम्पम्यान र माईकल ब्राकवेलले समान १४/१४ रन बनाए ।
डेभोन कन्वे र फिना एलेन समान ११/११ रनमा आउट भए । घरेलु टोलीका लागि अर्शदिप सिंहले २ तथा हार्दिक पाण्ड्या,दिपक होडा,युजभेन्द्र चहल वासिङ्टन सुन्दर र कुलदिप यादवले समान १/१ विकेट लिए । तीन खेलको टी-ट्वान्टी सिरिजमा तेस्रो खेल आगामी बुधबार रहेको छ ।
प्रतिक्रिया