काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया