काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । आजको बैठकबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको हाे ।
त्यसका लागि आज १२ निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक गरिने भएको छ ।
निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ । फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्ने गरि तयारी भइरहेको आयोगले जानकारी दिएको छ ।


प्रतिक्रिया