काठमाडौं । सांसद् धवलशमशेर जवराले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई होच्याउने काम नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् जवराले राप्रपालाई प्रहार नगर्न अन्य राजनीतिक दलका सांसद्लाई आग्रह गरेका हुन्।
जवराले भने, ‘राप्रपा माथि प्रहार भयो। राप्रपा सानो होला तर, हामी नेपाली जनताको मनमा भिजेका छौं। सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौं।’
जवराले राजासहितको प्रजातन्त्र स्थापना गर्न आएको बताए । जवराले थपे, ‘त्यो कुरा संविधानले रोक्दैन। बोल्न पाउनुपर्छ। हामीलाई हेप्ने र होच्याउने काम नहोस् । समयमा कार्यान्वयन हुन्छ। यही व्यवस्था र संविधानभित्र रहेर हामी यहाँ आएका छौं ।’


प्रतिक्रिया