उपप्रधानमन्त्री लिङदेन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

उपप्रधानमन्त्री लिङदेन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता


ग्लोब नेपाल
54
Shares

काठमाडौं । उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनसित नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार मन्त्री लिङदेनलाई भेट्न राजदूत थम्पसन मन्त्रालय पुगेका हुन् । भेटमा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री लिङदेनले ऊर्जाको विकास, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे । उनले ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री लिङदेनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकाको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे ।

विगत लामो समयदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आउँदा दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।