काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेपछि पुन: आज बस्ने भएकाे छ । स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रीय बिभागमा जिम्मेवारी बाँडफाँड गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।
स्थगित बैठक आजबाट सुरु हुनेछ । जसअनुसार केन्द्रीय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने विश्वास लिईएको छ ।


प्रतिक्रिया