काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा आएर रोकिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ४१४ बिन्दुमा पुगेको छ । बुधबार नेप्सेमा कूल २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
कारोबारको आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा छ । यसको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा अपी पावर कम्पनी र नगदी ग्रुप पावर कम्पनी तेस्रो स्थानमा कारोबार भएको छ ।
कारोबारमा तेह्रथुम पावर र धौलागीरी लघुवित्त वित्तिय संस्थाको सेयर भाउ ३ प्रतिशतले बढेको छ । बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ ।
प्रतिक्रिया