प्रधानमन्त्री र कांग्रेस महामन्त्री थापाबीच भेटवार्ता

प्रधानमन्त्री र कांग्रेस महामन्त्री थापाबीच भेटवार्ता


ग्लोब नेपाल
108
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ ।

बिहीबार भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पछिल्लो समय कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई निरन्तर भेटवार्ता गर्दै आएका छन् ।

राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने सन्दर्भमा थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेको बुझिएको छ । महामन्त्री थापा सभापति शेरबहादुर देउवाको सल्लाह अनुसार केही दिनअघि मात्रै पनि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

कांग्रेस नेताहरूसँगको संवादमा अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने बचन दिएको कांग्रेस नेताहरूको दाबी छ ।