काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक जारी छ । बैठकमा अहिले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरिरहेका छन् । सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ । बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिदै छन् ।
मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो ।
सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ । तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्माबीचबीच बालुवाटारमा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई बिहीबार विश्वासको मत नदिए सरकार ढल्ने खतरा छ । सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अगाडि लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेका हुन् ।
नाउपाका संरक्षक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ । नाउपामा सांसद यतिबेला काठमाडौंमै छन् ।
प्रतिक्रिया