काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले पार्टी केन्द्रीय समितिलाई भचूअल मार्फत सम्बोधन गर्दै कांग्रेस, एमाले, माओवादी तथा सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताएका हुन् ।
अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव नजिकिँदै गएकाले छिटोभन्दा छिटो सहमति गरेर जानुपर्ने बिषयमा बैठकमा छलफल भएको छ । सहमतिको राष्ट्रपति बन्न सक्ने भन्दै प्रचण्डले राष्ट्रपति चयनकै विषयमा सत्ता गठबन्धन नटुट्ने जिकिर गरे । यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको प्रचण्डले बताएका छन् ।


प्रतिक्रिया