काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्दैछ । बैकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । यो रिपो फागुन १७ गते परिपक्व हुनेछ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासन बोलकबोलमार्फत हुन्छ ।
प्रतिक्रिया