रोहित र करणको साझेदारीमा नेपालको कीर्तिमानी जित

रोहित र करणको साझेदारीमा नेपालको कीर्तिमानी जित

सिरिज क्लिन स्वीप



काठमाडौं । घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो । यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ ।

यससँगै नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ । यस्तै नेपाल लिग टूको सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली बनेको छ । स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित रहदै ९५ रनको शतकीय इनिङ खेले ।त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि आज जन्मदिन मनाईरहेका जर्ज मुन्शेले ५० बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले ।