दार्चुलामा जीप दुर्घटना हुँदा एकको मृत्यु, दश जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा एकको मृत्यु, दश जना घाइते



दार्चुला । महाकाली नगरपालिका-४ बाङ्गाबगर जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १० घाइते भएका छन् । मधेश प्रदेश-०३ ००१ ज ०३४० नम्बरको जीप लास्कु खोलामा खस्दा चालकसहित १० जना घाइते भएका हुन् ।

घाइतेहरूलाई जिल्ला अस्पताल दार्चुलामा उपचार गर्दागर्दै १ जना भारतीय नागरिक ५५ वर्षीय कालीदेवी नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घाइते एक ७ वर्षीया बालिका किरन आग्रिलाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।