पुरुष वर्ष खेलाडी अवार्ड अन्जनलाई

पुरुष वर्ष खेलाडी अवार्ड अन्जनलाई



काठमाडौं । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका फरवार्ड अन्जन विष्टले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो ।

पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै यो अवार्ड जिते ।

अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन मद्दत गरेका थिए । अन्जनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे ।