ए डिभिजन लिग : हिमालयन शेर्पा र सातदोबाटोकाे जित

ए डिभिजन लिग : हिमालयन शेर्पा र सातदोबाटोकाे जित



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले पुलिसलाई १–० ले हराएको छ । अमृत श्रेष्ठले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेको गोलको मद्दतले हिमालयन शेर्पा विजयी भएकाे हाे । च्यासल मैदानमा अर्को खेलमा सातदोबाटोले एपीएफलाई १–० ले नै पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो ।

दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला अमृतले पुलिसको पेनाल्टी एरियामा प्राप्त अवसरलाई गोलमा परिणत गरेका थिए । त्यसअगाडि पहिलो हाफमा हिमालयन पेनाल्टीमा गोल गर्न चुकेको थियो । निशाल लिम्बूको प्रहार पुलिस गोलरक्षक सत्रुधन चौधरीले रोकेका थिए ।

यो जितपछि हिमालयनको दुई खेलबाट ४ अंक भएको छ । खराब सुरुआत लिएको पुलिसको भने यो लगातार दोस्रो हार हो र शून्य अंकमा रहेको छ ।

सातदोबाटोको जितमा विलियम असिडुले ५५ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि सातदोबाटोको दुई खेलबाट ६ अंक भएको छ । एपीएफ भने तीन अंकमै सीमित रह्यो ।