यतीको चार्टर उडान मार्फत सद्गुरु फर्किए भारत

यतीको चार्टर उडान मार्फत सद्गुरु फर्किए भारत



काठमाडौं । नेपालमा लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा गर्न नेपाल आएका ईशा फाउन्डेसनका संस्थापक जग्गी वासुदेव “सद्गुरु” यती एयरलाइन्सको चार्टर उडान मार्फत भारत फर्केका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरलाईन्सको जहाज चार्टर गरि अहमदाबाद गएका हुन । यस अघि फाल्गुन २० गते पनि उनी यतीकै चार्टर उडान मार्फत बैंगलोरबाट नेपाल आएका थिए । उनी सवार यतीको जहाजले ३:४३ बजे काठमाडौंबाट उडान भरेको थियो । उडान ३ घण्टा पैंतालीस मिनेटको हुने यती एअरलाईन्सले जनाएको छ ।

सदगुरुले बिहीबार मात्रै टुंडिखेलमा भैरवि उत्सवमा प्रवचन दिएका थिए । सद्गुरु एक योगी, आध्यात्मिक, लेखक र ईशा फाउन्डेसनका संस्थापक हुन् । उनका संसारभर लाखौं अनुयायीहरु छन् ।