तेस्रो चरणको लिगमा थ्रीस्टारकाे पहिलो जीत

तेस्रो चरणको लिगमा थ्रीस्टारकाे पहिलो जीत



काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणमा आइपुग्दा थ्रीस्टार क्लबले पहिलो जित निकाल्दै खुमलटारलाई हराएको हो । नव प्रवेशी एफसी खुमलटारको लगातार यो दोस्रो हार हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा थ्रीस्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले बिजयी गराउँदा दुबै गोल अजायी मार्टिन्सले गरेका हुन । 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको ५४ औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । उनै मार्टिन्सले ८३ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारे । 

यसअघि थ्रीटारले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो भने फ्रेण्ड्स क्लबसँग ३–३ को बराबरी गरेको थियो ।