६०० रुपैयाँले बढ्यो सुनको मूल्य

६०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । लगातार ४ दिनदेखि सुनको मूल्यमा थप ३ हजार १०० रूपैयाँले वृद्धि भएको छ।

गत बिहीबार १ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार मूल्य प्रतितोला १ लाख १ हजार ८०० सय रुपैयाँ पुगेको थियो। आइतबार भने १ लाख ३ हजार ५०० रूपैयाँ पुगेको थियो ।  शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८०० सय रुपैयाँ पुगेको थियो । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको थियो । 

यता, सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ५५ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १२ सय ४५ रुपैयाँ कायम रहेको थियो ।