काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको उपाधिका लागि शुक्रबार नेपाल र लाओस भिड्दैछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साँढे ५ बजे हुनेछ ।
नेपाल लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । शुक्रबारको खेलमा पनि नेपाल त्यहिँ लय कायम राख्न चाहन्छ ।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो भने लाओसले दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको अर्को टोली भुटान भने तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
प्रतिक्रिया