प्रधानमन्त्री थ्री नेसन्स कप : फाइनलमा नेपालकाे अग्रता

प्रधानमन्त्री थ्री नेसन्स कप : फाइनलमा नेपालकाे अग्रता



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको नेपाल र लाओसबीच जारी फाइनलमा नेपालले अग्रता लिएको छ ।

१७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियाे ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।

तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको हाे । एरिक विष्टले मिलाइदिएकाे पासमा बक्स भित्रबाट आयुश घलानको गाेल गरेका हुन् ।

यस्तै ८७ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो राजाईँमै मैदान उत्रिएका थिए ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् ।

नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।